दयाहाङ र उपासना स्टारर ‘कबड्डी ३’ को गीत रिलिज « Khabarhub

दयाहाङ र उपासना स्टारर ‘कबड्डी ३’ को गीत रिलिज


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राई र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को गीत सार्वजनिक गरिएको छ । फिल्मको कथाअनुसार सुहाउँदो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘दूबो फुल्यो’ बोलको गीतमा हेमन्त राना र ऋतिका श्रृेष्ठको स्वर सुन्न सकिन्छ । गीतमा पैसा नभएका कारण प्रेमिका प्रेमीसँग टाढा हुँदै गएको देखाइएको छ । गीतका शब्दलाई हर्क साउदले लेखेका हुन् भने एसडी योगीले संगीत दिएका छन् । गीतको भिडियोमा फिल्मका शीर्ष कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्ममा दयाहाङ र उपासनाका अलावा रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराज, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको स्किृप्ट छ । यस्तै फिल्मलाई रामबाबु गुरुङले नै निर्देशन गरेका हुन् ।

यो फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ०८ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष