आईसीसी महिला टि–२० : नेपाल र मलेसिया मैदानमा « Khabarhub

आईसीसी महिला टि–२० : नेपाल र मलेसिया मैदानमा


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।

मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।

नेपालको टोलीमा रुविना क्षेत्री बेलबासे (कप्तान), सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ८ : १८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार