नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ « Khabarhub

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने क्रममा देखाएको नागरिक ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद प्रकट गरेका छन् ।

खोज, उद्धार तथा राहत कार्यका लागि आवश्यक परेका हेभी उपकरण जुटाउन सहयोग गर्ने सर्वसाधारणप्रति उनले आभार व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले थप मिनी एक्सकाभेटरको आवश्यकता परेपछि नागरिकले दिएको सूचना, देखाएको तत्परता र सहयोग अमूल्य रहेको उल्लेख गरेका छन् ।

नागरिककै सक्रिय सहयोगका कारण आवश्यक एक्सकाभेटर प्राप्त भइसकेको उनले जानकारी दिएका छन् ।

विपत्‌को यो कठिन समयमा राज्यका हरेक नागरिक एकजुट भएर लाग्दा जुनसुकै चुनौतीको पनि सजिलै सामना गर्न सकिने धारणा व्यक्त गर्दै उनले यो ऐक्यबद्धताले राहत र उद्धार कार्यमा थप हौसला मिलेको बताएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ८ : ०७ बजे

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको