बेलायतका रक्षामन्त्रीद्वारा राजीनामा « Khabarhub

बेलायतका रक्षामन्त्रीद्वारा राजीनामा


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिएका छन् । गत महिना उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । 

अठार वर्षदेखि संसद् सदस्य रहेका  वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ दलको नेता हुन् । नौ वर्ष मन्त्री रहेका उनले चार वर्ष रक्षामन्त्रीका रुपमा सेवा गरेका हुन् । 

त्रिपन्न वर्षीय वालेसलाई प्रधानमन्त्री ऋषि सुनकले पठाएको पत्रमा रुसविरुद्ध युक्रेनका लागि पश्चिमा सहयोगीहरूको समर्थन जुटाउन उनले निर्वाह गरेको प्रमुख भूमिका तथा देशप्रतिको समर्पण र सीपको प्रशंसा गरेका छन् । 

यसैबीच, प्रधानमन्त्री सुनकको कार्यालयले ५४ वर्षीय ऊर्जामन्त्री ग्रान्ट शाप्सलाई रक्षामन्त्री नियुक्त गरेको घोषणा गरेको छ । संवाददाताहरूले नयाँ रक्षामन्त्री शाप्स प्रधानमन्त्रीको कार्यालयमा गएको जनाउँदै उनले बेलायती रक्षामन्त्रीका रुपमा आफूले रुसको अन्यायपूर्ण आक्रमणका विरुद्ध युक्रेनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेको बताए । 

शिक्षामन्त्री क्लारी कुथिन्होलाई क्याबिनेट मन्त्रीका रुपमा बढुवा गरेर ऊर्जामन्त्रीको जिम्मेवारी दिइएको छ । 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ४ : ५२ बजे

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६