सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही | Khabarhub Khabarhub

सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखिएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत वैशाख छ गते सूचना प्रकाशित गरी विभिन्न १८ प्रकारका सार्वजनिक बिदामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी जस्ता सेवा सञ्चालन गरे निर्णय गरेको थियो । सोही अनुसार आज नियमित सेवा सञ्चालन भए पनि सेवाग्राहीको सङ्ख्या अत्यन्तै न्यून मात्रै रहेको कार्यालयको भनाइ छ । 

दैनिक करिब औसत दुई सय सेवाग्राही राहदानीसम्बन्धी सेवा लिनका लागि आउने गरेकोमा कार्यालयमा आज ७३ जनाको पालो भए पनि २८ जना मात्र लिन आएको सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिए । त्यस्तै, दैनिक एक सय २० देखि दुईसयसम्म राष्ट्रिय परिचयपत्र लिन आउने गरेकोमा आज जम्मा पाँच जनामात्र आएको उनको भनाइ छ । 

श्रेष्ठले सेवा प्रवाहका लागि समयमै कार्यालय खुलेको भए पनि सेवाग्राहीहरु सेवा लिन सोचेअनुरूप नआउने गरेको बताए। ‘सरकारको निर्णयअनुसार समयमै कार्यालय खोलेर सबै कर्मचारीहरु सेवामा हाजिर छौँ’, उनले भने, ‘तर, सेवा लिन आउँदैनन्, जानकारी नभएर पनि हुनसक्छ ।’

गृह मन्त्रालयले २०७९ चैत २ गतेदेखि राजपत्रमा प्रकाशित गरी जिल्ला प्रकाशन कार्यालय काठमाडौँले १८ प्रकारका सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार उक्त कार्यालयले चाडपर्व तथा दिवसमा नियमित सेवा प्रवाह गर्नुपर्नेछ ।

कार्यालयका अनुसार उभौली पर्व–चण्डीपूर्णिमा, बुद्ध जयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जम्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिशमस डे, किराँत समुदायको उँद्यौली पर्व, योमरी पुन्हि–ज्यापू दिवस, तमुल्होसार, बुद्ध जयन्ती, माघी पर्व, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्री, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर ईद र मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा जस्ता सार्वजनिक बिदामा सेवा प्रवाह गर्ने निर्णय भएको छ । 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ५ : ४५ बजे

संसद्को गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख र रास्वपाबीच छलफल

 काठमाडौं– प्रतिनिधिसभा बैठकमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान– यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई