सैनिक अस्पतालमा उपप्रधानमन्त्री खड्काको शल्यक्रिया  « Khabarhub

सैनिक अस्पतालमा उपप्रधानमन्त्री खड्काको शल्यक्रिया 


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँउपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको छाउनीस्थित आर्मी अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गरिएको छ।

पिसाब ग्रन्थी (प्रोस्टेट)मा समस्या भएपछि उनी छाउनीस्थित आर्मी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । बुधबार अस्पताल भर्ना भएका रक्षामन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया सफल भएको  जंगी अड्डाले जनाएको छ ।

रक्षामन्त्री पूर्णबहादुर खड्काको शल्यक्रिया अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले गरेको थियो ।

अहिले मन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जंगी अड्डाले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ७ : ०२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने