एसिया कप क्रिकेट : बंगलादेशविरुद्ध श्रीलंकाको सहज जित « Khabarhub

एसिया कप क्रिकेट : बंगलादेशविरुद्ध श्रीलंकाको सहज जित


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलंकाले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै श्रीलंकाले विजयी सुरुवात गरेको हो । श्रीलंकाको जितमा तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शन गरे ।

एक सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि चरिथ असलंकाले ६२ रन, ओपनर पाथुम निसंका १४, दिमुथ करुणारत्ने १ र कुशल मेन्डिस ५ रन बनाए । त्यस्तै सदिरा समराविक्रमा ५४, दासुन शानकाले १४ रनको योगदान दिए । बगंलादेशका लागि कप्तान सकिब अल हसनले दुई, तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एक एक विकेट लिए ।

त्यसअघि पालेकाले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ४२.४ ओभरमा १ सय ६४ रन बनाएको. थियो । उसका लागि नाज्मुल हसन शान्टोले ८९ रनको योगदान गरे । त्यस्तै ओपनर मोहम्मद नइम १६, तान्जिद हसन डक, कप्तान सकिब अल हसन ५, तोवहिद ह्दोय २०, मुश्फिकर रहिम १३ रन बनाएका थिए ।

श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले चार तथा धनन्जय डि सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एक एक विकेट लिए ।

 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १० : ३५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान