विद्युत विधेयक छिटै संसदमा पेश गरिन्छ : मन्त्री बस्नेत | Khabarhub Khabarhub

विद्युत विधेयक छिटै संसदमा पेश गरिन्छ : मन्त्री बस्नेत


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागि  विद्युत  विधेयक छिटै संसदमा पेश गरिने बताएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री बस्नेतले संसदमा छिटै  विद्युत विधेयक पेश गर्ने र अहिलेको अधिवेशनबाट नै टुङ्गाउने बताए ।

 विद्युत विधेयकले ऐनको रूप लिइसकेपछि ऊर्जा क्षेत्रमा उत्पादनको वृद्धिदेखि प्रसारणलाइको बिस्तारका साथै बितरण प्रणालीलाई गुणस्तर बनाउन पनि सहज हुने उनले बताए ।

उनले मुलुक इलेक्ट्रिक भेइकल(इभि)को युगमा प्रवेश गरेको भन्दै सहज रुपमा चार्जिङ गर्न सबै रुपमा चार्जिङ स्टेशन निर्माण गर्ने योजना गरेको बताए । ऊर्जा उत्पादन बढ्दै जादा यसको खपत बढाउनका लागि इभिका प्रोत्साहन गरिने उनको भनाइ छ । 

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएसन अफ नेपालले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको हो । 

भाद्र १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा चल्ने प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रुपमा सबलीकरण गर्ने रहेको आयोजकले जनाएको छ । 

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि स्टल रहेका छन् । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १ : ४९ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन