एक जनाको श्रीमती मात्रै ३९, एकै घरमा बस्छन् १ सय ८१ जनाको परिवार « Khabarhub

एक जनाको श्रीमती मात्रै ३९, एकै घरमा बस्छन् १ सय ८१ जनाको परिवार


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ३९ जना श्रीमतीको एकजना श्रीमान भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, बास्तविकता यही नै हो । भारतको पूर्वोत्तर राज्य मिजोरमका ७२ बर्षीय डेज जिओनाका ३९ जना श्रीमति छन् ।

यतिमात्र होइन उनका श्रीमतीबाट जन्मिएका छोरा छोरी र बुहारी गरी १ सय ८१ जनाको परिवार छ । अर्को रमाइलो कुरा के छ भने उनीहरु सबै जना एउटै घरमा बस्छन् ।

जिओनाले ३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिनासहित जम्बो परिवारलाई पाल्दै आएका छन् । डेली न्युजमा जनाइए अनुसार उनको परिवार एसियाकै सबैभन्दा ठूलो हो ।

पेसाले सिकर्मी रहेका जिओनाको भारतको बख्तबाङ गाउँमा चारतले पक्की घर छ । जुन घरमा एक सय जति कोठा छन् । त्यहाँ उनका परिवारका सबै सदस्यलाई अटाउँछन् । अनि उनीहरु हाँसीखुसी र मिलीजुली बस्छन् । उनका सन्तान यति आज्ञाकारी छन् की घरका अभिभावकले अह्राएको सबै काम मिलेर गर्छन् र बाँडीचुँडी खान्छन् । जिओनाले परिवारलाई सेनाको जस्तै अनुशासनमा राखेका छन् ।

डेलि न्युजलाई जिओनाले बनाएअनुसार, उनको पहिलो विवाह १७ वर्ष उमेरमा भएको थियो । उनकी तीनै प्रथम श्रीमतीले सबैलाई काम अह्राउने गरेकी छिन् । उनले ३९ जना श्रीमती कसरी भित्र्याए ? धेरैको जिज्ञासा यही नै रहने गरेको छ ।

तर यसबारे उनी भन्छन् – गाउँकी निर्धन महिलासँग विवाह गर्छु र तिनलाई चाहिने सबै कुरोको चाँजोपाँजो पनि मिलाउँछु । विशाल बैजनी कंक्रिटबाट निर्मित मेरो जिओना हबेलीमा नव आगन्तुक श्रीमतीलाई सबैले हाँसीखुसी स्वागत गर्छन् । सम्मान पनि ती सबैले बराबरै पाउँछन् ।

समाचारमा जनाइएअनुसार, जिओनाको घरमा प्रतिदिन ३० किलो कुखुराको मासु, ६० किलो आलु र झन्डै ५० किलो चामलको भात पाक्नेगर्छ । यी सबैको न्यूनतम नेपाली मूल्य जोड्ने हो भने कुल रकम १३ हजार रुपैयाँ प्रतिदिन पर्न आउँछ ।

यसरी उनको परिवारमा वार्षिक रूपमा १ लाख ५६ हजार रुपैयाँ त खानामै खर्च हुने गर्छ । अझ यो खर्चमा औषधि उपचार, कपडालगायतका अन्य समावेश गरिएको छैन । यद्यपी जिओनाले सबै कुरा व्यवस्थाप गर्दै आएका छन् । उनले डेलि न्युजलाई आफू भाग्यशाली रहेको बताएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ५२ बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री