भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द | Khabarhub Khabarhub

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । भारतले दिएको २६७ रनको लक्ष्यमा बर्षाका कारण पाकिस्तानले ब्याटिङ गर्न पाएन् । खेल रद्द भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् ।

यसअघिको खेलमा नेपाललाई हराएको पाकिस्तान सुपर फोरमा पुगेको छ। अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ।

त्यसअघि पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो ।

भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ८७ रनको योगदान गरे । त्यस्तै विकेटकिपर ईशान किशनले ८२ रनबनाए। खराब सुरुवात गरेको भारतलाई खेलमा फर्काउन किशन र पान्ड्याले पाँचौं विकेटका लागि १ सय ४१ बलमा १ सय ३८ रनको महत्वपूर्ण साझेदारी गरे ।

भारतका ओपनर रोहित शर्मा ११, शुभमन गिल १०, विराट कोहली ४ र श्रेयस ऐर १४ रनको योगदान गरे । प्रमुख चार ब्याटरलाई सुरुवातमै गुमाएको थियो ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै नसिम शाह र हरिस रौफले तीन/तीन विकेट लिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १० : ३७ बजे

युएईको भ्रमण गर्दै ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार संयुक्त अरब इमिरेट्स

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

चितवन– चितवनको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ– खोटाङको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर

हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु

झापा– हावाहुरीका कारण घर भत्किँदा झापामा बुधबार राति एक जनाको

भूमिहीन भएको चार दशकपछि जग्गाधनी पुर्जा

बाँके– पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका