कोरियाको भाषा परीक्षा असोज १ गते हुने « Khabarhub

कोरियाको भाषा परीक्षा असोज १ गते हुने


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि हुने भएको छ।

कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म ३५ हजार ७०८ आवेदन दिएकाहरूको भाषा परीक्षा असोज १ गतेदेखि चार सिफ्टमा सञ्चालन गर्ने तयारी भएको हो। 

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको थियो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नै दक्षिण कोरियाले सिप बिल्डिङको काममा नेपाली श्रमिक लैजान लागेको हो । यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू ईपीएस प्रणालीमार्फत् दक्षिण कोरिया गइरहेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ८ : ४२ बजे

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल