सभामुख घिमिरे र रुसी राजदूत नोभिकोभबीच भेटवार्ता « Khabarhub

सभामुख घिमिरे र रुसी राजदूत नोभिकोभबीच भेटवार्ता


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले भेटवार्ता गरेका छन् । 

सोमबार सिंहदरवारमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

सभामुख घिमिरेले रुसी महासंघ नेपालको पुरानो मित्र भएको बताउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे । उनले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको बताउँदै रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे । 

सभामुख घिमिरेले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भुकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड-१९ सङ्क्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा रुसी महासंघलाई धन्यवाद दिए । 

राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदान प्रदानका लागि महत्त्वपूर्ण रहेको बताए । उनले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १२ : ३४ बजे

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि ! 

गण्डकी– पोखरामा सञ्चालित आयुर्वेद अस्पताल-क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध

स्वास्थ्यमन्त्री मेहतासँग भारतीय राजदूतको भेट, स्वास्थ्य सहकार्य विस्तारबारे छलफल

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहेतासँग नेपालका लागि भारतका राजदूत नवीन

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न

दिलजीत दोसांझको कन्सर्ट विवाद के हो ?

काठमाडौं– पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझ हालै क्यानडाको क्यालगरीमा आयोजित

प्रतिनिधिसभा सचिव हर्कराज राई पदमुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका