सभामुख घिमिरे र रुसी राजदूत नोभिकोभबीच भेटवार्ता | Khabarhub Khabarhub

सभामुख घिमिरे र रुसी राजदूत नोभिकोभबीच भेटवार्ता


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले भेटवार्ता गरेका छन् । 

सोमबार सिंहदरवारमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

सभामुख घिमिरेले रुसी महासंघ नेपालको पुरानो मित्र भएको बताउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे । उनले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको बताउँदै रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे । 

सभामुख घिमिरेले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भुकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड-१९ सङ्क्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा रुसी महासंघलाई धन्यवाद दिए । 

राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदान प्रदानका लागि महत्त्वपूर्ण रहेको बताए । उनले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १२ : ३४ बजे

सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आयो : सभामुख घिमिरे 

काठमाडौं–  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ

कोलम्बो- श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा

दक्ष जनशक्तिबिना विकास सम्भव छैन : मन्त्री खड्का

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष

आमा समूहद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग

गण्डकी– पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको शुभकामना आमा समूहले क्यान्सरपीडित सदस्यलाई

राष्ट्रियसभा बैठक : लिपुलेक विवादबारे कूटनीतिक समाधान खोज्न सांसदहरूको माग

काठमाडौं– सांसदहरूले भारत र चीनबीच नेपालको लिपुलेक भएर दुई देशबीचको