हाइकुई आँधी ताइवानपछि चीनतर्फ अघि बढ्दै « Khabarhub

हाइकुई आँधी ताइवानपछि चीनतर्फ अघि बढ्दै


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ताइपेई- हाइकुई आँधीका कारण सोमबार ताइवानको तटीय क्षेत्रमा सामान्य जनजीवन प्रभावित बनेको छ । आँधीले सयौं रूखहरू ढालेको छ भने आँधीसँगै आएको मुसलधारे पानीका कारण तटीय सडकहरूमा व्यापक क्षति पुगेको छ ।

हाइकुई सुरुमा टापुबाट बाहिरिएको जस्तो देखिए पनि सोमबार बिहानै दक्षिणपश्चिम काउसियुङमा दोस्रो पटक अवतरण भएको थियो र त्यसपछि ताइवान स्ट्रेटमा प्रवेश गरेको थियो ।

त्यहाँ कुनै पनि व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको छैन । अधिकारीहरूका अनुसार आँधीका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । मुख्यतः रूख ढलेका र कार दुर्घटनाका कारण उनीहरू घाइते भएका अधिकारीहरूले बताएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

कम जनसङ्ख्या भएको पूर्वी ताइवानको तटीय पहाडी काउन्टी ताइतुङमा विनाश देखिएको छ । ताइतुङ्गको दोङहे बस्तीका ५५ वर्षीय गाउँका मुखिया चेन हाई–फेङले भने, “मैले जीवनमा यति ठूलो आँधी पहिलो पटक देखेँ ।”

हाइकुईलाई अघिल्ला आँधीबेहरीको तुलनामा कम गम्भीर मानिएको भए तापनि चेनले एएफपीसँग भने, “बिहान सबेरै सडकबाट रूखहरू हटाउने कामको सर्वेक्षण गर्दा यो अझ शक्तिशाली महसुस भएको थियो ।”

उनले भने, “यो बाणजस्तै सिधा हामीमाथि आएको छ । आँधीबाट ठूलो मात्रामा भवन र खेतवालीमा क्षति पुगेको छ ।’

ताइवानमा चार वर्षयता पहिलो पटक आएको हाइकुइ आँधीका कारण उक्त टापुका करिब आठ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

सयौं उडानहरू रद्द गरिएका छन् र व्यवसायहरू बन्द भएका छन् ।

दुई लाख ६० हजारभन्दा बढी घरधुरीमा अस्थायी रुपमा विद्युत् आपूर्ति बन्द भएको छ भने करिब २२ हजार घरमा सोमबार दिउँसोसम्म पनि विद्युत् पुगेको छैन भने १४ वटा नगरमा विद्यालय र व्यवसाय बन्द रहेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ५ : १८ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि