ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्राको रौनक « Khabarhub

ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्राको रौनक


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्रा मनाइएको छ ।

ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सुरु भएको मानिने यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ । जात्रामा भगवान नरसिंहसंगै लक्ष्मी र सरस्वतीलाई देवीको रुपमा रखिन्छ । बिष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ ।

अप्सराहरूले नरसिंह भगवान हिड्ने बाटो कुचोले बढार्ने, गोरसले बाटो पखाल्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका मुख्य आकर्षण हुन् ।

यो जात्रा पाटनका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालन गर्ने चलन छ । यो जात्रा करिब ४ सय वर्ष पुरानो भएको लिखित इतिहास रहेको नरसिंह जात्रा आयोजक गुठीका उपाध्यक्ष सञ्जय राजोपाध्यायले बताए । उनले दुख नाश, रोगबाट मुक्त होस भनेर नरसिंह जात्रा मनाइने गरिएको जानकारी दिए ।

नरसिंह जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : ४१ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि