चट्याङ लागेर एकको मृत्यु, चार गम्भीर घाइते | Khabarhub Khabarhub

चट्याङ लागेर एकको मृत्यु, चार गम्भीर घाइते


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क- अर्घाखाँची मालारानीको गोखुङ्गामा आज परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।

मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा दिउँसो अन्दाजी २ः५० बजे परेको चट्याङले स्थानीय २० वर्षका मिलन खनालको मृत्यु भएको हो । उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुन चार जनालाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : ४६ बजे

दशहरा मेलामा रावण बध गरिँदै

खजुरा – नेपालगन्जको रामलीला मैदानमा विजयादशमीको घटस्थापनादेखि सुरु भएको रामलिला

दसैँको दिन बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

नवलपुर– आज बडादसैँको टीकाको दिन । गाउँलेहरू हर्षोल्लासका साथ दसैँ

बाला त्रिपुरासुन्दरीको पूजापछि मात्र त्रिपुराकोटमा दसैँको टीका

काँक्रेविहार – डोल्पाको त्रिपुराकोटमा दसैँको टीका जमरा आफ्नै साइतमा लगाउने

मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

 मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा

दशैँको उल्लासमा छोपिन्छ घरेलु हिंसा, कसरी रोक्ने ?

काठमाडौं – यतिखेर नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैँको नवरात्र चलिरहेको