सकियो १० वर्षमा एकपटक पालो आउने न्यकू जात्रा « Khabarhub

सकियो १० वर्षमा एकपटक पालो आउने न्यकू जात्रा


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको पाटनमा एक हजार चार सय वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक न्यकू जात्रा आज सकिएको छ । गाईजात्रा सुरु भएको भोलि पल्टदेखि सुरु हुने न्यकू जात्रा आज सकिएको हो ।

निधन भएपछि परलोकमा गएका आफन्तहरूको आत्माले शान्ति पाओस् भनी कामना गर्दै विश्वासको साथ मनाइने न्यकू जात्रा पाटन क्षेत्रको दश वटा टोलमध्ये प्रत्येक वर्ष एउटा टोलमा जात्राको आयोजना गर्ने गरिन्छ । प्रतिवर्ष एउटा टोलले जात्राको आयोजना गर्ने भएकाले एउटा टोलको पालो १० वर्षमा एक पटक आउने गर्छ ।

ललितपुर महानगरपालिका–६ को न्यकू जात्रा मतया व्यवस्था समिति सौगल टोलले १० वर्षपछि न्यकू जात्रा मनाएको आज अन्तिम दिन हो । न्यकू जात्रा मतया व्यवस्था समितिले आज विशेष पूजाआजा गरी अर्को वर्षका लागि नकुबहिल टोललाई हस्तान्तरण गरेको छ ।

न्यकू मतया जात्रालाई बत्तीको जात्रा पनि भनिन्छ । विशेषगरी न्यकू जात्रामा हर्न सिङ नेकु बाजा, दमोखी बाजा र धा बाजा गरी जम्मा १७ भन्दा बढी बाजा बजाइने न्यकू मतया जात्रा आयोजक समितिको अर्थ विभाग संयोजक रवीन्द्र प्रधानले जानकारी दिए । उनले भने, “जात्रा एक हप्तासम्म चले पनि थरिथरिका बाजा बजाउनका लागि हामीले एक वर्षदेखि नै अभ्यास गर्नुपर्ने हुन्छ ।”

न्यकू जात्रा मतया जात्रा सुरु भएपछि स्थानीयवासीले ललितपुरमा रहेका चार वटा अशोक स्तूपमा गएर पूजाआजा गर्ने चलन छ । स्तूपमा मात्र नभएर स्तूपभित्र रहेका विभिन्न मन्दिरमा देशको सबै नागरिकको सुखशान्तिसहित परलोकमा रहेका आफन्तको आत्माको लागि समेत पूजा गर्ने चलन छ ।

आज जात्राको अन्तिम दिन भएका कारण गणेशको पूजासहित विभिन्न प्रकारका खानेकुरा चढाएर एक विशेष कार्यक्रमका साथ जात्रालाई अर्को वर्षका लागि अर्को टोललाई हस्तान्तरण गरेपछि यो वर्षको जात्रा सकिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १० : ०६ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर