वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल सुरु « Khabarhub

वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल सुरु


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपमा वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल सुरु भएको छ । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएर सुरु गरिएको हो ।

भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको छ । यसअघि नेपालले २ सय ३१ रनको विजयी लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन् । रोहित शर्मा ७ बलमा १ चौकासहित ४ रनमा क्रिजमा छन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १० : ३३ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ