धनगढीमा विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु « Khabarhub

धनगढीमा विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

धनगढी– जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको एक महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका –३ की अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको गए राति ११ बजेतिर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ बडहारास्थित रहेको होल्डिङ सेन्टर नजिकै जङ्गली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो । 

धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ३५ बजे

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा