निःशुल्क टिकट मागेपछि शाहरुखले भने-निःशुल्क प्रेम दिन्छु, टिकटको त पैसा लाग्छ  | Khabarhub Khabarhub

निःशुल्क टिकट मागेपछि शाहरुखले भने-निःशुल्क प्रेम दिन्छु, टिकटको त पैसा लाग्छ 


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘जवान’ रिलिज हुनु अघि शाहरुख खानले आइतबार एक्समा (ट्विटर) Asksrk सेसन राखेर प्रशंसकसँग कुराकानी गरेका छन् । 

यति बेला उनका एक प्रशंसकले शाहरुखसँग जवान फिल्मका लागि निःशुल्क टिकट मागे । ती प्रशंसकले लेखे, ‘मेरी प्रेमिकाका लागि के तपाईं निःशुल्क जवानको टिकट दिन सक्नुहुन्छ ? म निकम्मा प्रेमी हुँ ।’

यसको जवाफमा शाहरुख खानले निःशुल्क टिकट दिन नसक्ने बताए । शाहरुख खानले यसमा लेखेका छन्, ‘निःशुल्क प्रेम दिन्छु । टिकटको त पैसा लाग्छ । रोमान्समा सस्तो हुनु हुँदैन । टिकट किन्नुहोस् र उनलाई आफूसँगै लिएर जानुहोस् ।’

यस्तै, अर्का प्रशंसकले लेखेका छन्, ‘पुरा विश्वको नजर तपाईँमाथि छ । तपाईं किङ हुनुहुन्छ र जवान सबैलाई मन पर्नेछ । तपाईंलाई कस्तो महसुस भइरहेको छ ?’

यी प्रशंसकलाई जवाफ दिँदै उनले लेखेका छन्, ‘म आफूलाई असाध्यै भाग्यमानी सम्झन्छु । तपाईंहरू सबैको यति माया पाइरहेको छु । म र मेरो परिवार सबैप्रति आभारी छौँ ।’

स्मरण रहोस्, एटलीको निर्देशनमा बनेको जवान ७ सेप्टेम्बरमा सिनेमाघरमा रिलिज भइरहेको छ । जवानको एडभान्स बुकिङले पठानको रेकर्ड तोडेको छ । 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ५३ बजे

१९ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं – काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको खानीखोलाबाट एक गर्भवतीको उद्धार गरिएको

जेनजीको आन्दोलनमा समर्थन गर्दै रास्वपाले सरकारलाई भन्यो- दमन नगर्नू

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनरेसन जेड (जेनजी) को

हत्या मुद्धामा दोषी ठहर ४५ वर्षपछि पक्राउ

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ

एमाले विधान महाधिवेशन – ‘मनमा विद्या मुखमा ओली’

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा १० वटा समूहगत छलफलमा नेतृत्वका