सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला बनाउन महानगर तयार : बालेन शाह « Khabarhub

सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला बनाउन महानगर तयार : बालेन शाह


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न महानगर तयार रहेको बताएका छन् ।

उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने बताएका हुन् । 

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।’

 यसैबीच मेयर बालेनले नेपालमा ८०-९० करोडमा नै रंगशाला निर्माण गर्न सकिने बताएका छन् । उनले श्रीलंकामा नेपाल र भारतबिच खेल भइरहेको रंगशाला हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै रहेको पनि उल्लेख गरेका छन् । ‘केही प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद,’ उनले लेखेका छन्, ‘ ।

यस्तोमात्रै रंगशाला र केही ठुला खेलहरु हुने हो भने खेलको विकास हुन सक्ने मेयर बालेनले प्रस्ट पारेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १० : १६ बजे

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने

तेलअभिभ- इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको

रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका छ नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा विपक्षी दलका

नेपालको समस्या स्रोतको र सम्भावनाको अभाव पनि होइन, गलत प्रोत्साहन संरचना हो : डा वाग्ले

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको समस्या स्रोतको अभाव र

रवि र बालेनसँगै गगनले पनि बजाए रास्वपाको घण्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पुगेका नेपाली कांग्रेसका सभापति