विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू « Khabarhub

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरेका छन् । 

आज बिहान ९:३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौँ फर्किएका हुन् ।

हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका थिए । 

बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका उनले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो ।

सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिए । 

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ३ : ४० बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न