व्यवस्थित बनाइँदै पोखरा बसपार्क | Khabarhub Khabarhub

व्यवस्थित बनाइँदै पोखरा बसपार्क


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै आएको पार्किङ निषेध गरेर गत महिनादेखि बसपार्कभित्रबाटै बस छुट्ने व्यवस्था सुरु गरेको महानगरले अहिले बसर्पाकभित्रका अव्यवस्थित मोटर पार्टस् र ग्यारेज बन्द गराएको हो । 

मोटर पार्ट्स र ग्यारेजलाई यसअघि नै स्थानान्तरणका लागि समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्रगतिमा भइरहेकाले बसपार्ककै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेज बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक एवं वडा नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए। 

पर्यटकीय सहर पोखरामा विसं २०३२ मा सुविधासम्पन्न र व्यवस्थित बसपार्क निर्माणका लागि  जमिन छुट्याइए पनि हालसम्म पूर्वाधार बन्न सकेको छैन । पछिल्लो समय बसपार्कभित्रको जमिन समथर बनाउने, खाल्डाखुल्डी पुर्ने पुराना र थोत्रा सवारीसाधन हटाएर सहज बनाइएको तिमिल्सिनाले बताएका छन् ।

उनले भने, “महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीलाई बसपार्कभित्रबाटै छुट्ने÷छुटाउने अनिवार्य व्यवस्था लागू गरिएको छ । अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोहीअनुरूप बसपार्ककै जग्गा रहेका मोटर पार्टस् र ग्यारेज बन्द गरेका हौँ ।”

बसपार्क व्यवस्थापनमा स्थानीय व्यवसायीले सकारात्मक सहयोग गरिरहेको संयोजक शर्माले बताए। उनका अनुसार बसपार्कभित्र रहेका कवाडी संकलन केन्द्रलाई यही भदौ २२ गतेभित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ ।

पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङ निर्माण गरिएका छन् भने नाला निर्माण सम्पन्न गरी ढलान गर्ने तयारी गरिएको समितिका सदस्य एवं वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । बसपार्कको बीच भागमा रहेको टिकट काउन्टर हटाइएको छ भने केही टहरासमेत स्थानान्तरण गरिएका छन् ।

यस कार्यमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधि निरन्तर लागिरहेका छन् । बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् ।

उनका अनुसार त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको पहिलो चरणको काम सम्पन्न भइसकेको छ भने अब दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ । त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका काम गरिनेछन् ।

आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा दुई सय पाँच रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो । तर अहिलेसम्म बसपार्कका पूर्वाधार बन्न नसक्दा बसपार्क वरिपरिको क्षेत्र कुरुप बनेको छ । 

बसपार्क बनाउन छुट्याइएको जमिन बर्सेनि अतिक्रमणमा परेको छ । बसपार्कभित्र  पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बस बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेका थिए । पछिल्लो समय भने बसपार्कभित्रैबाट छुट्ने नियम बनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १ : १९ बजे

बडादसैँले ‘समृद्ध लुम्बिनी’को संकल्प पूरा गर्न थप ऊर्जा मिलोस् : मुख्यमन्त्री आचार्य 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध

न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौं– भारतले न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु– दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि

काभा पुरुष भलिबल : उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौं– २० वर्ष मुनिको काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि

दशैँमा फेरि देखिन थाले चर्खे पिङ

बागलुङ– बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दशैँ चर्खेपिङ