सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु « Khabarhub

सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खाँदबारी- सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ । आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो । बुस्टर खोप अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो र दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुस्टर खोप अभियानको पहिलो चरणमा २० हजारभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको बुस्टर खोप लगाइने छ । कोरोना भाइरसविरुद्धको बुस्टर अभियानमा १० स्थानीय तहका २० हजार एक सय ६० जनालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिए । जिल्लाका १२ वर्ष माथिका एक लाख २० हजार जनालाई बुस्टर खोप लगाउने लक्ष्य राखिएको उनले बताए ।

बुस्टर खोप अभियान यही भदौ १७ गतेदेखि सुरु भएको सूचना अधिकारी श्रेष्ठले बताए । बुस्टर खोप अभियानका लागि दुई सय २४ स्वास्थ्यकर्मी र चार सय ४४ स्वयम्सेवक परिचालन गरिएको छ ।

कोरोना भाइरसविरुद्धको खोप हालसम्म १२ वर्षमाथिका पहिलो मात्रा ८६ प्रतिशत, दोस्रो मात्रा ९३ प्रतिशत, पहिलो बुस्टर ६९ प्रतिशत र दोस्रो बुस्टर खोप ११ प्रतिशतले लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरसविरुद्धको खोपका लागि एक सय खोप केन्द्र तोकिएको छ । बुस्टर डोज लगाउन छुट भएकालाई पनि खोप लगाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १ : ५१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको