प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनले अराजक अभिव्यक्ति दिए, यसरी देश चल्दैन : नेता कोइराला « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनले अराजक अभिव्यक्ति दिए, यसरी देश चल्दैन : नेता कोइराला


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अराजक अभिव्यक्ति दिएको बताएका छन् ।

मंगलबार निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनको अराजक अभिव्यक्तिले देश चल्न नसक्ने बताए ।

कार्यक्रममा उनले कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरुमा लोकतान्त्रिक विधिलाई पाखा लगाइयो भन्ने कुरा आइरहेको बताउँदै पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर सचेत गराउन सभापति देउवालाई सुझाव दिए ।

उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि आग्रह गरे ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ३ : ०९ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत