एमालेमा अब पहिरो जान्छ, जानुपर्छ; विस्फोट र विद्रोह पनि हुन्छ : सम्मानित नेता खनाल | Khabarhub Khabarhub

एमालेमा अब पहिरो जान्छ, जानुपर्छ; विस्फोट र विद्रोह पनि हुन्छ : सम्मानित नेता खनाल


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन् । बुधबार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेभित्र विस्फोट र विद्रोह हुने दाबी गरेका हुन् । एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टीभित्रैबाट विद्रोह हुने उनले बताए । जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने उनको भनाइ छ । एमाले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुने पनि उनले बताए ।

उनले भने, ‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा आज हामीले प्रवेश गराएका छौँ । यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जाँदैछ । र, हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्नसक्छ । उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ । देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ । अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । र, एमालेले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । विस्फोट हुनसक्छ ।’

उनले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताए । उनले एमाले राप्रपा, लोसपा र कांग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै उसँग कुनै सिद्धान्त र दृष्टिकोण नभएको बताए । एमाले भयानक अलमलमा रहेको पनि उनको टिप्पणी थियो ।

उनले भने, ‘अहिले नेकपा एमालेको नेतृत्व हेर्नुस् त राप्रपासँग भएपनि अंगालो मार्ने । भन्न चाहीँ पुनःउत्थानवादी भन्ने । लोसपासँग पनि अंगालो मार्ने । भन्नेचाहीँ यो प्रो इण्डियन हो भन्ने । फेरि अंगालो हाल्ने । कांग्रेस र एमाले मिलेर पो हामीले स्थायित्व दिनसक्छौँ, ठूला–ठूला पार्टी मिलेर सरकार बनाऔँ भन्छन् । त्यो साँठगाँठ गर्न पनि तयार नै देखिन्छ । त्यसो हुनाले उनीहरुको सिद्धान्त के हो ? कोसँग मिल्ने ? कोसँग नमिल्ने ? कोसँग मोर्चा हुन्छ ? कोसँग हुँदैन ? वर्ग दृष्टिकोण भनेको के हो ? को वर्ग मित्र हो ? को वर्ग शत्रु हो ? यो बारेमा एमाले भयानक अलमलमा देखिन्छ । यस्तो अलमल भएको पार्टीले क्रान्ति हाँक्दैन । त्यसकारणले हाम्रो पार्टीले यस्ता कुराहरुमा प्रष्ट भएर जानुपर्छ ।’

सम्मानित नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरु नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गरे । उनीहरु नेपाल आएर सबभन्दा पहिले तिब्बती शरर्णार्थीहरुलाई भेटिरहेका उनले बताए । उनले अमेरिकीहरुको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चिनसँग जोडेर पनि हेर्नुपर्ने बताए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ५ : २९ बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं – तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा

बाढीले क्षति पुर्‍याएको त्रिशूलीको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा – त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ – बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको

दशैंको किनमेल स्थानीय हाटबजारमा

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको