हामी समाजवादको यात्रामा छौँ : झलनाथ खनाल « Khabarhub

हामी समाजवादको यात्रामा छौँ : झलनाथ खनाल


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीको नेतृत्वका साथै माक्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने भएकाले आफूहरू समाजवादको बाटोमा रहेको बताए ।

पार्टी निकट आदिवासी जनजातिको काठमाडौँ भेलामा उनले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापीरुपमा जनतालाई जानकारी गराउन आफ्नो पार्टीले मेची महाकाली अभियान सञ्चालन गर्न लागेको बताए । आगामी असोज १४ देखि २९ गतेसम्ममा सो राष्ट्रिय अभियान सम्पन्न गर्ने कार्यतालिका रहेको बताउँदै उनले आफूहरू सही बाटोमा अघि बढ्नसके पार्टी पङ्क्तिभित्र विद्यमान भ्रमका बादल फाटेर जाने प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा–एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय जनतालाई बुझाइने बताए ।

सामाजिक रुपान्तरणका लागि समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे उनीहरूसग छलफल गरिने बताउँदै उनले अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सार्मथ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेकाले एमालेसँगको मतभिन्तालाई प्रष्टसँग देख्नुपर्ने बताउँदै उनले भने , “हामी सँगसँगै विद्रोह गरेर आएका कतिपय साथीहरू पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने हो । विभिन्न जिल्लामा त्यस्ता घटना घटिरहेका छन् । तर हामीले एमालेका नेता तथा कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गराएका छौँ । अब एमालेभित्र पहिरो जाँदैछ ।”

नेता खनालले एमाले समाजवाद कार्यान्वयनमा इमान्दार नरहेकाले अहिले पनि दशौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेजमा केन्द्रित रहेको र जबज नै लक्ष्य लिएकाले त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप लगाए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : २५ बजे

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौं- सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग जोडिएका

सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग

काठमाडौं– मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेस प्रदेशका समस्या

जनतालाई न्याय दिन अध्यादेश ल्याएको हो : गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले

रास्वपा नेताको टिप्पणी : ‘ब्याज खाने राजनीति’ बाट जनता आजित थिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले

मुलुकमा परिवर्तन भइरहेको छ : रास्वपा उपनेता पराजुली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले देशमा