बंगलादेशविरुद्ध पाकिस्तानको सहज जित « Khabarhub

बंगलादेशविरुद्ध पाकिस्तानको सहज जित


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । पाकिस्तानको लाहोरमा बुधबार भएको खेलमा बंगलादेश सात विकेटले पराजित भएको हो ।

बंगलादेशले दिएको १९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेटायो । पाकिस्तानका लागि ओपनर ब्याट्सम्यान इमाम उल हकले ७८ रनको योगदान गरे । यस्तै मोहम्मद रिजवानले अवजित ६३, अघा सलमान १२, फाखर जामन २०र कप्तान बाबर आजम १७ रन बनाएका थिए ।

बंगलादेशका लागि तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १(१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान सकिब अल हसनले ५३ रन बनाए । उनले ५७ बलको सामना गरी सात चौका पनि प्रहार गरेका थिए । त्यस्तै मुसफिकर रहिमले पनि टोलीको खातामा ६४ रन थपे । ओपनर ब्याट्सम्यान मोहम्मद नइम २० रन बनाउँदै पेभेलियन फर्किए । लिटन दासले १६ रन बनाए भने समिम होसैनले पनि १६ रन नै बटुलेका थिए ।

पाकिस्तानीका लागि बलर ह्यारिस रउफले चार, नसिम शाहले पनि तीन, साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले एक—एक विकेट लिए ।

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १० : ४१ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति