देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा : सभापति लामिछाने « Khabarhub

देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा : सभापति लामिछाने


२१ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा उदाएको बताएका छन्।

बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले विद्यमान राजनीति कसले र किन गर्ने भन्ने परिभाषा बदल्नका लागि र देशको हित, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न रास्वपा उदाएको बताएका हुन् ।

 यसैबीच सभापति लामिछानेले वर्षौसम्म देशलाई अनेकन मुद्दामा विभाजित गराएर ‘मनी र मसल’ को सहारामा चुनाव जित्ने प्रणालीको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

प्रदेश संसद् र सरकार आफ्ना असन्तुष्ट कार्यकर्ताको थामथुम गर्ने थलो भएको भन्दै लामिछानेले प्रदेश संरचना बारे रास्वपाको छुट्टै अडान र धारणा रहेको बताए।  

देशले अहिलेको राजनीतिक प्रणाली र पद्धतिमा परिवर्तन खोजेको भन्दै जनताको त्यो अभिलाषा रास्वपाले पूरा गर्ने उनले दाबी समेत गरेका थिए ।  

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ३ : १७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म