अमिताभ र कंगनाले भने- 'हामी इण्डियन होइन, भारतीय हौं' | Khabarhub Khabarhub

अमिताभ र कंगनाले भने- ‘हामी इण्डियन होइन, भारतीय हौं’


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – देशको नामबाट इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको सम्भावित तयारीबीच बलिउड कलाकारहरु अमिताभ बच्चन र कंगना रनौत यसको पक्षमा खुलेका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गर्दै कंगनाले सन् २०२१ मा आफूले चाँडै देशको नाम इण्डियाबाट बदलेर भारत मात्रै हुने भविष्यवाणी गरेको बताइन् ।

कंगनाले एक्समा पुरानो अन्तर्वार्ताको स्क्रिनसट सेयर गरेकी छिन्, जसमा उनले दुई वर्षअघि देशको नाम परिवर्तन गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘इण्डिया नाम हामीलाई अंग्रेजले दिएका थिए, त्यसैले देशको नाम भारत हुनुपर्छ ।’ आफ्नो पुरानो ट्विट सेयर गर्दै कंगनाले सबैलाई बधाई दिएकी छिन् । उनले लेखेकी छन्, ‘सबैलाई बधाई, हामी सबै दासताबाट मुक्त भयौं । जय भारत ।’

कंगनाले अगाडि भनिन्, ‘भारत नामको सटिक छ । तर इण्डियाको अर्थ के हो ? तिनीहरू (अंग्रेज)ले हामीलाई रेड इण्डियन भन्थे, किनभने पुरानो अंग्रेजीमा इण्डियन अर्थ दासता हो । उनीहरूले हामीलाई इण्डिया नामाकरण गरे किनभने त्यो हाम्रो नयाँ पहिचान थियो, जुन ब्रिटिशले हामीलाई दिएका थिए । पुरानो डिक्सनरीमा पनि इण्डियाको अर्थ दास भनिन्थ्यो तर अहिले यसलाई परिवर्तन गरिएको छ । यो हाम्रो नाम होइन, हामी भारतीय हौं, इण्डियन होइन ।’

कंगनाले यो ट्विट यस्तो समयमा गरेकी छिन्, जब देशको नाम इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको तयारीबारे अड्कलबाजी चलिरहेको छ । सेप्टेम्बर ९ र १० मा दिल्लीमा जी–२० को बैठक हुँदैछ । यस बैठकको रात्रिभोजमा सहभागी हुने सदस्यलाई राष्ट्रपति भवनबाट निमन्त्रणा कार्ड पठाइएको छ । राष्ट्रपतिले पठाएको निमन्त्रणा कार्डमा ‘प्रेसिडेन्ट अफ इण्डिया’को सट्टा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ ।

कंगनाभन्दा पहिले अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमा लेखेका छन्, भारत माता की जय ।’ बिग बीको यो ट्वीटलाई देशको नाम इण्डियाबाट भारतमा परिवर्तन गर्न मौन समर्थनको रूपमा वर्णन गरिएको छ । पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवागले पनि इण्डियाबाट भारत एकीकरणको पक्षमा समर्थन जनाएका छन् ।

इण्डिया भर्सेस भारतको बहस अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । कतिपय मानिस देशको आधिकारिक नामबाट इण्डिया हटाउने पक्षमा छन् भने कतिपयले विरोध गरिरहेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बीजेपी)सहितका दल देशको नाम भारत राख्नुपर्ने पक्षमा छन् भने प्रतिपक्षी कांग्रेस आई लगायतका दल भने विपक्षमा उभिएका छन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ८ : ५५ बजे

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

चितवन–  नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई 

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौं– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा