जवानको आक्रामक सुरुवात | Khabarhub Khabarhub

जवानको आक्रामक सुरुवात


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – शाहरुख खान स्टारर ‘जवान’ले भारत र नेपालसहितका अन्तर्राष्ट्रिय बजारमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

भारतमा मात्र रिलिज अगावै तीन लाख ९१ हजारभन्दा बढी टिकट बिक्री भएको र पहिलो दिन त्यहाँ ७० करोड भारु हाराहारीको ओपनिङ हुने जनाइएको छ ।

बलिउड ट्रेड एनालिस्ट अतुल मोहनले भारतका सबै भाषामा फिल्मको कमाइ ७० करोड भारु हुने बताएका छन् । हिन्दी संस्करणमा मात्र फिल्मले ‘पठान’को ओपनिङलाई उछिन्ने उनको अनुमान छ । व्यापार विश्लेषकका यी प्रक्षेपण एड्भान्स टिकट बिक्रीको आधारमा गरिएका हुन् ।

शाहरुखको अघिल्लो फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा ५७ करोड भारुको ओपनिङ गरेको थियो । भारतमा बिहान ५ बजेदेखि नै शोहरु तय गरिएका छन् । अग्रिम टिकट बिक्रीमै फिल्मले २७ करोडको व्यापार गरिसकेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुन लागेको विश्व नेताहरुको सम्मेलन जी–२० भेलाले पनि ‘जवान’को शो प्रभावित नहुने जनाइएको छ ।

भारतबाहेक अमेरिका, अष्ट्रेलिया, युरोप र मध्यपूर्व लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत जवानले आक्रामक ओपनिङ गर्ने अनुमान छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा हेर्दा नेपालमा ‘जवान’को एड्भान्स बुकिङ शाहरुखकै अघिल्लो फिल्म ‘पठान’को लेभलमा देखिएको छैन । तर पनि फिल्मले पहिलो सप्ताहन्त नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्नेमा दुईमत छैन ।

बिहीबारभन्दा शुक्रबार र शनिबार फिल्मको कमाइ अझै वृद्धि हुन सक्छ । पहिलो सप्ताहन्तमध्ये शनिबारको कमाइ बिहीबार र शुक्रबारभन्दा उच्च हुन सक्छ ।

यो ट्रेन्ड हेर्दा जवानको तीनदिने कमाइ चार करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान छ । तर यो सबै कुरा फिल्मको रिभ्युमा निर्भर हुनेछ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ९ : ०५ बजे

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौं– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

बाढीबाट जोगाउन तटबन्ध निर्माण

कञ्चनपुर– स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई