नेपालमा लगानी गर्न लगानीकर्ताहरूलाई प्रधानमन्त्री प्रचण्डको आग्रह  | Khabarhub Khabarhub

नेपालमा लगानी गर्न लगानीकर्ताहरूलाई प्रधानमन्त्री प्रचण्डको आग्रह 


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको अनुकूल वातावरण बनेको भन्दै लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरेका छन् ।

लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लगानीको अनुकूल वातावरण बन्दै गएको अवस्थामा लगानीको प्रभावकारी सदुपयोग र जोखिममुक्त गर्न सरकार प्रतिबद्ध रहेको भन्दै लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरेका हुन् ।

संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनले बताए  । प्रधानमन्त्री प्रचण्डले व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको भन्दै कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समयसीमाभित्र लक्ष पुरा गर्नु प्रमुख चुनौतीको रूपमा रहेको जिकिर गरे ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ४ : ०८ बजे

जेन-जी आन्दोलनको इपिसेन्टर बानेश्वर (तस्बिरहरू)

काठमाडौं– जेन-जी प्रदर्शनकारीहरूले काठमाडौंको नयाँबानेश्वरस्थित विरोध प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनको तनावबीच ३३ अंकले घट्यो नेप्से 

काठमाडौं– सोमबार जने-जीको आन्दोलनका बीच शेयर बजार घटेको छ ।

जेन-जीको प्रदर्शन : कम्तीमा ५ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ- जेन-जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा कम्तीमा पनि ५ जनाले

भिनस अस्पतालमा पनि घाइते प्रदर्शनकारीको उपचार हुँदै

काठमाडौं- जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको मध्य बानेश्वरमा रहेको भिनस अस्पतालमा

विराटनगरमा जेन-जीले घेरे कोशी प्रदेशसभा 

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा जेन-जीले प्रदेशसभा घेरेका छन्