केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा | Khabarhub Khabarhub

केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय नेतालाई प्रशिक्षण दिइरहेको छ । जसपाले सङ्गठन विस्तार, पुनःगठन र रूपान्तरणका साथै नेतालाई प्रशिक्षित गर्ने कामलाई भदौ महिनादेखि अभियानका रूपमा सञ्चालन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पालिका समितिदेखि प्रदेश समितिसम्मले अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने गरेका तथा प्रशिक्षणमा केन्द्रीय समितिका सदस्य, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य र सङ्घीय परिषद् सदस्य प्रशिक्षणमा सहभागी हुने गरेका छन् ।

यसका अतिरिक्त प्रदेश र स्थानीय तहका तोकिएका अगुवा कार्यकर्ता पनि प्रशिक्षणमा सहभागी रहेका सो पार्टीले जनाएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद र पार्टीको मूल नारा सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवादलगायतका विषयमा प्रशिक्षण दिने गरिएको बताइएको छ । काठमाडौँमा भदौ २२ गते, यसैगरी भदौ २२ र २३ गते उदयपुरमा, विराटनगरमा २६ गते केन्द्रीय तहका नेतासहितको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए।

उनका अनुसार केही प्रदेश सङ्गठन पुनःगठन कार्य सम्पन्न भएलगत्तै प्रशिक्षण कार्यक्रम सार्वजनिक गर्ने तयारी गर्दैछन् । प्रशिक्षण, अभिमुखीकरण, सङ्गठन पुनःगठन र रूपान्तरण गरी कात्तिक मसान्तसम्म प्रदेश समिति र राष्ट्रिय समितिले सम्पूर्ण सदस्यको अभिलेख केन्द्रमा पठाइसक्नुपर्ने जसपाले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ८ : ३६ बजे

हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

दमौली– प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको तनहुँको आँबुखैरेनीमा अब

सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई

कांग्रेसले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबारे सरकारसँग छलफल गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयका विषयमा सरकारसँग

गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’

गुल्मी– जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको

माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने 

काठमाडौं– काभ्रेपलान्चोकस्थित साँगामा रहेको पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवम्