सामाजिक एकता र सद्भावविरुद्ध विग्रहको खतरा बढ्यो, पहिचान र अधिकारबारे सचेत हुनुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

सामाजिक एकता र सद्भावविरुद्ध विग्रहको खतरा बढ्यो, पहिचान र अधिकारबारे सचेत हुनुपर्छ : मन्त्री श्रेष्ठ


२३ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय, भाषिक, धार्मिक एकता र सद्भावविरुद्ध विग्रह फैलाउने खतरा बढिरहेको बताएका छन् । शनिबार ज्यापु महागुठी नेपाःले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले जातीय, भाषिक, धार्मिक एकता र सद्भावविरुद्ध विग्रह फैलाउने खतरा बढिरहेको भन्दै आफ्नो पहिचान, अधिकारका निम्ति सचेत हुनुपर्ने बताए ।

उनले कमिशन र भ्रष्टाचारको जालो अन्त्य नगरेसम्म समृद्ध मुलुक बनाउन नसकिने बताए । सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको भन्दै उनले कमिशन र भ्रष्टाचारको जालो तोड्दै मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउने बताए ।

सरकारले भ्रष्टाचारविरुद्ध ठूला अभियान सुरु गरेको र जनताबाट समर्थन पाएकाले कुनै हालतमा बिश्राम नलिने उनले बताए । सामाजिक आर्थिक रुपान्तरणका साथै विकास र समृद्धिको बाटोमा मुलुक अघि बढेको भन्दै श्रेष्ठले राजनीतिक परिवर्तनसंगै जनताले पनि महसुश गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ५ : ३२ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली