सामाजिक एकता र सद्भावविरुद्ध विग्रहको खतरा बढ्यो, पहिचान र अधिकारबारे सचेत हुनुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

सामाजिक एकता र सद्भावविरुद्ध विग्रहको खतरा बढ्यो, पहिचान र अधिकारबारे सचेत हुनुपर्छ : मन्त्री श्रेष्ठ


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय, भाषिक, धार्मिक एकता र सद्भावविरुद्ध विग्रह फैलाउने खतरा बढिरहेको बताएका छन् । शनिबार ज्यापु महागुठी नेपाःले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले जातीय, भाषिक, धार्मिक एकता र सद्भावविरुद्ध विग्रह फैलाउने खतरा बढिरहेको भन्दै आफ्नो पहिचान, अधिकारका निम्ति सचेत हुनुपर्ने बताए ।

उनले कमिशन र भ्रष्टाचारको जालो अन्त्य नगरेसम्म समृद्ध मुलुक बनाउन नसकिने बताए । सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको भन्दै उनले कमिशन र भ्रष्टाचारको जालो तोड्दै मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउने बताए ।

सरकारले भ्रष्टाचारविरुद्ध ठूला अभियान सुरु गरेको र जनताबाट समर्थन पाएकाले कुनै हालतमा बिश्राम नलिने उनले बताए । सामाजिक आर्थिक रुपान्तरणका साथै विकास र समृद्धिको बाटोमा मुलुक अघि बढेको भन्दै श्रेष्ठले राजनीतिक परिवर्तनसंगै जनताले पनि महसुश गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ५ : ३२ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक