‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’ « Khabarhub

‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ । साथै बेइजिङले विपक्षीहरूलाई असान्दर्भिक र अमान्य विषय नउठाउन आह्वान गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा जारी जी २० शिखर सम्मेलनका क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग आइतबार बिहान भएको भेटवार्तामा चीनका प्रधानमन्त्रीले ली छ्याङले दुई भिन्न विषयलाई मिसाएर असान्दर्भिक अभ्यासमा लाग्नु श्रेयस्कर नभएको बताए ।

उनले चीन र बेलायतले व्यापार र आर्थिक सहयोगलाई राजनीति र सुरक्षासँग मिसाउने प्रवृत्तिको विरोध गर्नुपर्ने, खुला विश्व अर्थतन्त्रको निर्माणलाई प्रवर्द्धन गर्ने र विश्व व्यापार सङ्गठनको केन्द्रमा रहेको बहुपक्षीय व्यापार प्रणालीलाई संयुक्त रूपमा समर्थन एवं प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

चीन र बेलायत दुवै स्वतन्त्र व्यापारका पक्षपाती, अभ्यासकर्ता र लाभापेक्षी भएकाले पारस्परिक सहकार्य र साझेदारीका निम्ति उनले आफ्ना समकक्षीसँग आह्वान गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १ : ३८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह