कोशीमा कांग्रेसको साथ लिनका लागि संवाद जारी : एमाले उपमहासचिव ज्ञवाली « Khabarhub

कोशीमा कांग्रेसको साथ लिनका लागि संवाद जारी : एमाले उपमहासचिव ज्ञवाली


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेशमा नेपाली कांग्रेसको साथ लिन संवाद भइरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस् भन्ने एमालेको चाहना रहेको बताए ।

अहिले प्रारम्भिक चरणको छलफलमा केही संकेत प्राप्त नभएपनि प्रदेशको हितका लागि कांग्रेसले साथ दिन उचित हुने उनको भनाइ छ । ज्ञवालीले कोशीमा गठबन्धनले पटक पटक संविधान मिच्दा अहिलेको अवस्था आएको र प्रदेशप्रति जनताको वितृष्णा जाग्ने देखिएको धारणा राखे ।

कोशीमा मध्यावधिमा जाने र जनताको वितृष्णा बढाउने काम गर्न नहुने भएकाले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  २ : ०० बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ