ललिता निवास प्रकरण : मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश « Khabarhub

ललिता निवास प्रकरण : मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो ।

अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी रकम भने सबैको फरक फरक छ ।

धरौटी रकममा शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग रु सात लाख ५० हजार, कलाधर देउजासँग रु १५ लाख रहेको छ ।

त्यस्तै, घमनकुमार कार्कीसँग रु सात लाख ५० हजार, गोपाल कार्कीसँग रु सात लाख ५० हजार, विनोद पौडेलसँग रु १५ लाख, योगराज पौडेलसँग रु सात लाख ५० हजार, नारायणराज मिश्रसँग रू सात लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार धरौटी माग गरेको हो ।

साथै, ध्रुवप्रसाद अर्यालसँग रु तीन लाख ३० हजार, बाबुराजा महर्जनसँग रु एक लाख १० हजार, देवनारायण महर्जनसँग रु एक लाख १० हजार, सकलानन्द महर्जनसँग रु एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग रू एक लाख १० हजार र लोकरी घिमिरेसँग रु एक लाख ५० हजार रहेको छ  ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ५ : ५७ बजे

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार

भिनिसियसले थप गरे सात वर्षको सम्झौता

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना स्टार ब्राजिलियन विङ्गर

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक प्रस्तुत हुने

 काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारस्थित संसद्