दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिलाई दुख दियो : अध्यक्ष ओली « Khabarhub

दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिलाई दुख दियो : अध्यक्ष ओली


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिहरुलाई दुख दिने काम गरेको बताएका छन् ।

आइतबार एमाले मुख्यालय च्यासलमा पार्टीको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रममा ओलीले अरुको स्वार्थका लागि राज्यले छानिछानी राष्ट्रिय पुँजीपतिहरुलाई दुख दिने काम गरेको बताएका हुन् ।

व्यवसाय गरेर राज्यलाई योगदान दिएका मीनबहादुर गुरुङ पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै कारण नभएको उनले बताए । ओलीले भ्रष्टाचार र अनियमितताविरुद्ध कारवाही गर्ने नाममा सरकारले पोलिटिकल स्टन्ट गरेको तर्क गरे ।

उनले कोरोना र विश्वपरिवेशको अवस्थामा समस्यामा परेका व्यवसायीहरुमाथि गठबन्धन सरकार आउदा चट्याङ परेको जस्तो भएको बताए । राज्यको गलत नीतिका कारण अर्थव्यवस्था धरासयी हुँदा व्यसायीहरु पनि अप्ठेरोमा परेको भन्दै उनले अप्ठेरोमा परेका बैंकहरुले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले कांग्रेस नीतिगत हिसाबले सहकारीको पक्षमा नरहेको र माओवादीलाई पनि सहकारी नीतिप्रति सरोकार नरहेको जिकिर गरे । दुई चार क्वीन्टल सुन ल्याउनजस्तो फाइदा सहकारीमा नरहेको विचार माओवादीको रहेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले जनताको आत्मनिर्भरता निर्माण गर्न सहकारीको सदुपयोग गर्नुपर्ने र यसलाई माध्यम बनाउनुपर्ने धारणा राखे । सहकारीलाई स्वार्थका आधारमा सञ्चालन गर्न खोज्दा केहि सहकारीमा समस्या देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : ०१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर