दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिलाई दुख दियो : अध्यक्ष ओली « Khabarhub

दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिलाई दुख दियो : अध्यक्ष ओली


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिहरुलाई दुख दिने काम गरेको बताएका छन् ।

आइतबार एमाले मुख्यालय च्यासलमा पार्टीको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रममा ओलीले अरुको स्वार्थका लागि राज्यले छानिछानी राष्ट्रिय पुँजीपतिहरुलाई दुख दिने काम गरेको बताएका हुन् ।

व्यवसाय गरेर राज्यलाई योगदान दिएका मीनबहादुर गुरुङ पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै कारण नभएको उनले बताए । ओलीले भ्रष्टाचार र अनियमितताविरुद्ध कारवाही गर्ने नाममा सरकारले पोलिटिकल स्टन्ट गरेको तर्क गरे ।

उनले कोरोना र विश्वपरिवेशको अवस्थामा समस्यामा परेका व्यवसायीहरुमाथि गठबन्धन सरकार आउदा चट्याङ परेको जस्तो भएको बताए । राज्यको गलत नीतिका कारण अर्थव्यवस्था धरासयी हुँदा व्यसायीहरु पनि अप्ठेरोमा परेको भन्दै उनले अप्ठेरोमा परेका बैंकहरुले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले कांग्रेस नीतिगत हिसाबले सहकारीको पक्षमा नरहेको र माओवादीलाई पनि सहकारी नीतिप्रति सरोकार नरहेको जिकिर गरे । दुई चार क्वीन्टल सुन ल्याउनजस्तो फाइदा सहकारीमा नरहेको विचार माओवादीको रहेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले जनताको आत्मनिर्भरता निर्माण गर्न सहकारीको सदुपयोग गर्नुपर्ने र यसलाई माध्यम बनाउनुपर्ने धारणा राखे । सहकारीलाई स्वार्थका आधारमा सञ्चालन गर्न खोज्दा केहि सहकारीमा समस्या देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : ०१ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण