निरंकुश राजतन्त्रका दलाल र भ्रष्ट गुण्डाले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हाने : प्रचण्ड « Khabarhub

निरंकुश राजतन्त्रका दलाल र भ्रष्ट गुण्डाले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हाने : प्रचण्ड


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुश राजतन्त्रका दलालहरु र भ्रष्ट गुण्डाहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी हानेको टिप्पणी गरेका छन् ।

मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निरंकुश राजतन्त्रका दलालहरू, भ्रष्ट गुण्डाहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी हानेको घटना सामान्य नभएको बताए ।

केही समयअघि काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणतर्फ सङ्केत गर्दै प्रधानमन्त्री प्रचण्डले यसतर्फ सचेत हुनुपर्ने बताए ।

उनले आफूहरु कमजोर भएपछि कसरी प्रतिक्रान्तिकारीहरुको टाउको उठ्दोरहेछ भन्ने देखिएकोसमेत टिप्पणी गरे । उनले जनक्रान्तिलाई अपमानित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताउँदै केही समयपछि राष्ट्रियता, गणतन्त्र र जनजीविकालाई लिएर हामीले लाखौं जनतालाई सडकमा ल्याउने बताए ।

प्रतिक्रान्तिकारी, दक्षिणपन्थी, निरंकुशतावादी, सामन्तवादी दलालहरुको सातो जानेगरी जनताको तागत प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : १६ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी