बागमती प्रदेशसभा बैठकमा शोक प्रस्ताव पारित « Khabarhub

बागमती प्रदेशसभा बैठकमा शोक प्रस्ताव पारित


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशसभाको बैठकले प्रदेशसभाका पूर्वसांसद डा. राजाराम कार्कीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

आज अपराह्न बसेको बैठकमा सभामुख भुवनकुमार पाठकले २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका पूर्वसदस्य डा कार्कीको केही दिनअघि क्यान्सर रोगबाट निधन भएकोमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त बैठकले सो शोक प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेको हो । सोही अवसरमा उनीप्रति प्रदेशसभाका सदस्यहरूले एक मिनेट मौनधारण व्यक्त गरी श्रद्धा अर्पण गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै