बागमती प्रदेशसभा बैठकमा शोक प्रस्ताव पारित « Khabarhub

बागमती प्रदेशसभा बैठकमा शोक प्रस्ताव पारित


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशसभाको बैठकले प्रदेशसभाका पूर्वसांसद डा. राजाराम कार्कीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

आज अपराह्न बसेको बैठकमा सभामुख भुवनकुमार पाठकले २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका पूर्वसदस्य डा कार्कीको केही दिनअघि क्यान्सर रोगबाट निधन भएकोमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त बैठकले सो शोक प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेको हो । सोही अवसरमा उनीप्रति प्रदेशसभाका सदस्यहरूले एक मिनेट मौनधारण व्यक्त गरी श्रद्धा अर्पण गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : २० बजे

इरानले आफ्ना विमान पाकिस्तान र अफगानिस्तानका एयरपोर्टमा लुकाएको खुलासा

तेहरान- पाकिस्तानले अमेरिका-इरान द्वन्द्वको समयमा इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई’ को प्रयोग

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न