‘बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता’ « Khabarhub

‘बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता’


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता भएको बताएका छन् ।

एकसय दसौँँ बिपी जयन्तीका अवसरमा पाटनमा तरुण दलले आज आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा उनले भने, “बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी क्रान्तिकारी नेता हुनाका साथै राष्ट्रयताका लागि सधैँ लडिरहने व्यक्तित्व हुनुहुनथ्यो ।”

राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय मानिसका आधारभूत चाहना हुन् भन्ने बिपीले युवालाई सङ्गठित गर्न नेविसङ्घ र तरुण दल स्थापना गरेको मन्त्री भट्टले उल्लेख गरे । पछिल्लो समय नेपाली कांग्रेसबारे गलत प्रचार भएको भन्दै उनले यसका लागि वैचारिक आन्दोलनको आवश्यकता रहेकामा जोड दिए ।

मन्त्री भट्टले भने, “कांग्रेसले गरेका राम्रा काम जनसमक्ष पुर्‍याउन जरुरी छ । यसका लागि वैचारिक आन्दोलनको आवश्यकता छ ।” कांग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका थिए । उनको जन्म विस १९७१ भदौ २४ गते भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : ३५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका