श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे प्रधानमन्त्रीले छलफल गर्दै | Khabarhub Khabarhub

श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे प्रधानमन्त्रीले छलफल गर्दै


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज र भोलि हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौँ आइसकेका छन् ।

प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाएका हुन् ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा हुने छलफल श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भुमिकाका विषयमा केन्द्रित हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदादेखि कार्यस्थलसम्म भोगेका समस्या, त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ ।

बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ ।

कानुनी प्रावधान, नीतिगत व्यवस्थालगायत विषयमा छलफल गरी रणनीति र योजना बनाएर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ ।

वैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा नेपाली श्रमिकले भोग्दै आएका समस्या फरकफरक छन् । वैदेशिक रोजगारीका क्रममा हुने ठगीका घटना बढ्दै गएका छन् । ठगी नियन्त्रण गर्न विशेष योजना बनाउनुपर्नेमा आवाज उठ्दै आएको छ ।

छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहभागितासमेत रहेको छ । बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ । यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुँदैछ ।

यही भदौ ७ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्री, सरोकारवाला मन्त्रालय र विभागका प्रमुखसहितको बैठकले श्रम गन्तव्य मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग श्रम आप्रवासनका विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाट आवश्यक तथ्याङ्क लिन मुख्यसचिवको नेतृत्वमा सरोकारवाला मन्त्रालयका सचिव सम्मिलित कार्यदल बनाइएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ५१ बजे

नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेलीलाई भ्रष्टाचार

वनस्थलीमा सुरू भयो रास्वपा केन्द्रीय समिति बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय

मनाइयो विश्व आदिवासी दिवस (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा शुक्रबार विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल

ओलीबिनाको एमाले र एमालेबिनाको नेपालको सपना कसैले नदेखे हुन्छ : निरु पाल

कञ्चनपुर– नेकपा (एमाले) की पोलिटब्युरो सदस्य निरु पालले अध्यक्ष केपी

भारतीय प्रहरीले भन्यो- उत्तरकाशी बाढीमा ज्यान गुमाएका र उद्धार गरिएकामध्येमा नेपाली छैनन्  

काठमाडौं– भारतको उत्तराखण्ड प्रहरीले नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई उत्तरकाशी जिल्लामा