अमेरिकी कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी’ भन्दै जलाए आफ्नै देशको झन्डा | Khabarhub Khabarhub

अमेरिकी कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी’ भन्दै जलाए आफ्नै देशको झन्डा


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी– अमेरिकन कम्युनिष्ट क्रान्तिकारीहरूको समूहले सिकागोमा जेसन एल्डियन कन्सर्ट बाहिर धेरै अमेरिकी झण्डाहरू जलाएका छन् ।

फक्स न्युजका अनुसार कम्युनिष्ट प्रदर्शनकारीहरूले अमेरिकामा मार्क्सवादी क्रान्तिमा विश्वास गर्ने रेभकम (क्रान्तिकारी कम्युनिष्ट पार्टी) को बारेमा चेतना जगाउने क्रममा आफ्नो राष्ट्रको झन्डा जलाएका हुन् ।

रेभकमका कार्यकर्ताहरूले अमेरिकी झण्डा जलाएपछि पुलिसले सो कार्यलाई ‘गैरकानुनी’ भनेको छ । उनीहरूको सभालाई गैर कानुनी घोषणा गर्दै यस्तो कार्य र उनीहरूको यस्तो खाले सक्रियताले धेरैलाई चिन्तित र विचलित बनाएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

‘क्रान्तिकारी कम्युनिष्ट पार्टीले विश्व क्रान्तिको प्रमुख अंश र साम्यवादको अन्तिम उद्देश्यका लागि साम्राज्यवादी अमेरिका विरुद्ध क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी लिएको छ’ सो पार्टीको वेबसाइटमा लेखिएको छ । 

सो समूहको घोषणापत्रले माओको ‘वैज्ञानिक विधि’ को प्रयोग र सांस्कृतिक क्रान्तिका केही पक्षहरूलाई विश्वास गरेको जनाउँदै चीनमा भएको माओकालीन सांस्कृतिक क्रान्तिको प्रशंसा गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ११ : ४० बजे

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९

नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको पूर्व स्टार क्रिकेटर

चाडपर्व छाडेर काम खोज्न भारत जानेको लर्को

कञ्चनपुर– हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

भोजपुर– १८७२ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा नेपालमै