गुल्मी पहिरो– मृत्यु हुनेको संख्या १० पुग्यो (अपडेट) « Khabarhub

गुल्मी पहिरो– मृत्यु हुनेको संख्या १० पुग्यो (अपडेट)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुल्मीको सत्यवती गाउँपालिकाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिकाको वडा नम्बर ४ मा ८ र ३ मा २ जनाको गरी मृत्यु हुनेको संख्या १० पुगेको हो ।

सत्यवती–४ भिरकुनामा स्थानीय छलि विक, चन्द्र बहादुर विक र धन बहादुर विकको घर पुरिएको छ । पहिरोमा घर पुरिँदा ७० वर्षीय छलि विक, ३२ वर्षीया निर्मला विक, २९ वर्षी पम्झा विक, १२ वर्षी अञ्जली विक, ९ वर्षीय तारा विक, ९ वर्षकी सिवानी विक, ५ वर्षीय हिमांशु विक र नाम नखुलेका १ वर्षी बालक गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, वडा नम्बर ३ ठूलोलुम्फेमा पहिरोले घर पुरिँदा लिकुमारी तरामु र उनका छोरा दर्शन तरामुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा घर पुरिँदा मृतक तिलकुमारीकी १२ वर्षीय छोरी करिष्मा र १४ वर्षी छोरी धनी घाइते भएका छन् ।

वाड नम्बर ३ कै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किँदा २ जना बेपत्ता भएका प्रहरीले जनाएको छ । उनीहरुको खोज्ी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ११ : २६ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती