‘कबड्डी ३’ को गीतलाई लाग्यो चोरीको आरोप, आलोक श्री भन्छन्- कानूनी उपचार खोज्छु « Khabarhub

‘कबड्डी ३’ को गीतलाई लाग्यो चोरीको आरोप, आलोक श्री भन्छन्- कानूनी उपचार खोज्छु


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा समावेश गीत ‘दूबो फुल्यो’ को संगीतलाई चोरीको आरोप लागेको छ । कालीप्रसाद बास्कोटा र शर्मिला बर्देवाले आवाज दिएको गीत ‘कहिले फोटो सिरानीमा’ बाट संगीत चोरी गरिएको आरोप लगाइएको हो ।

‘कबड्डी ३’ मा समावेश उक्त गीतको संगीत एसडी योगीले तयार पारेका हुन् । उनीमाथि आलोक श्रीले संगीत चोरीको आरोप लगाएका छन् ।

‘कहिले फोटो सिरानीमा’ बोलको गीतमा संगीतकार आलोक श्रीको संगीत छ । संगीतकार आलोक श्रीले यो गीत चोरी भएको आरोप लगाए । उनले एसडी योगीले आफ्नो संगीतबाट प्रभावित भएको आफूसँग स्वीकारेको पनि बताए ।

‘एसडी योगी भाइले रियालाइज गर्नुभयो, मैले त सीधै तिम्रो उमेर बराबरको मेरो संगीत करिअर छ भनेँ, यसरी चोरी गर्न मिल्दैन,’ आलोक श्रीले खबरहबसँग भने ।

गीत चोरी भएपछि आलोकश्रीले आफू कानूनी उपचारमा जान पनि पछि नपर्ने बताए । ‘उहाँहरु सहमतिमा आउनुभएन भने कानूनी रुपमै अगाडि बढ्छु,’ उनले भने ।

यता ‘कबड्डी ३’ को गीतमा संगीत दिएका संगीतकार एसडी योगीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

यस्तो छ आलोक श्रीको संगीत रहेको ओर्जिनल गीत:

स‌ंगीत चोरीको आरोप लागेको कबड्डी ३ को गीत:

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १२ : २२ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको