संवैधानिक नियुक्तिविरुद्ध रिटको पेसी संवैधानिक इजलासमा « Khabarhub

संवैधानिक नियुक्तिविरुद्ध रिटको पेसी संवैधानिक इजलासमा


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्ध रिटको पेसी आजका लागि संवैधानिक इजलासमा तोकिएको छ ।

अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटको सुनुवाइका लागि इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

२०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् ईश्वरप्रसाद खतिवडा र न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलास हुने भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्यहरूलाई नियुक्त गरेका थिए ।

उक्त  नियुक्ति बदरको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ११ : ४२ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने