शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दिन काठमाडौं आएकी हेमा बिरामी « Khabarhub

शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दिन काठमाडौं आएकी हेमा बिरामी


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिन विराटनगरबाट काठमाडौं आएकी हेमा ओझा एकाएक बिरामी परेपछि उजुरी प्रक्रिया प्रभावित बनेको छ ।

छविराज ओझाकी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त, गौशालामा उजुरी दिएकी थिइन् । गौशाला वृत्तले कालीमाटी प्रहरीको ‘महिला सेल’मा उजुरी दर्ता गर्न भन्दै फिर्ता गरेको थियो ।

विराटनगरबाट उजुरीका लागि काठमाडौं आएकी हेमा बिरामी परेको उनका अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।

‘गौशाला वृत्तले उजुरी महिला सेलमा दर्ता गर्न भनेको छ, तनावले होला, उहाँ अहिले बिरामी भएर उजुरी दिन जान पनि नसक्ने अवस्थामा हुनुहुन्छ,’ नेपालले भने, ‘शायद पर्सिसम्म उहाँलाई निको हुन्छ होला, त्यसपछि उजुरी दर्ता हुन्छ ।’

यता प्रहरीले पनि अहिलेसम्म उजुरी नपरेको खबरहबलाई जानकारी दियो ।

अधिवक्ता नेपालले हेमा बिरामी भएका कारण कागजमा हस्ताक्षर गर्न पनि नसक्ने अवस्थामा पुगेको बताए । हेमाले आफ्ना पूर्वपति छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेकी थिइन् । अब त्यो उजुरी कालीमाटी वृत्तमा पुग्नेछ ।

छविराज ओझाकी चौँथी पत्नी शिल्पा पोखरेलले बिहे गरेको एक महिनादेखि छविराज ओझाले आफूलाई कुट्ने तथा घरेलु हिंसा गरेको भन्दै गत असार २५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । उनले दिएको उजुरीका आधारमा प्रहरीले दुवै पक्षबीच मिलापत्र गराएको थियो ।

मिलेर गइसकेपछि शिल्पाले फेरि पारपाचुकेको प्रक्रिया अगाडि बढाएकी थिइन् । सोही प्रक्रिया चलिरहँदा यता ओझाकी पहिली पत्नीले बिहेको प्रमाण भेटिएको भन्दै छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गराउन लागेकी हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : ४९ बजे

पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि : आर्सनल टाइब्रेकरमा पराजित

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो सिजन

आईपीएल फाइनलमा आज आरसिबी र गुजरातको प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल

एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ १७ गते आइतबार अधिक जेठ