शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दिन काठमाडौं आएकी हेमा बिरामी « Khabarhub

शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दिन काठमाडौं आएकी हेमा बिरामी


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिन विराटनगरबाट काठमाडौं आएकी हेमा ओझा एकाएक बिरामी परेपछि उजुरी प्रक्रिया प्रभावित बनेको छ ।

छविराज ओझाकी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त, गौशालामा उजुरी दिएकी थिइन् । गौशाला वृत्तले कालीमाटी प्रहरीको ‘महिला सेल’मा उजुरी दर्ता गर्न भन्दै फिर्ता गरेको थियो ।

विराटनगरबाट उजुरीका लागि काठमाडौं आएकी हेमा बिरामी परेको उनका अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।

‘गौशाला वृत्तले उजुरी महिला सेलमा दर्ता गर्न भनेको छ, तनावले होला, उहाँ अहिले बिरामी भएर उजुरी दिन जान पनि नसक्ने अवस्थामा हुनुहुन्छ,’ नेपालले भने, ‘शायद पर्सिसम्म उहाँलाई निको हुन्छ होला, त्यसपछि उजुरी दर्ता हुन्छ ।’

यता प्रहरीले पनि अहिलेसम्म उजुरी नपरेको खबरहबलाई जानकारी दियो ।

अधिवक्ता नेपालले हेमा बिरामी भएका कारण कागजमा हस्ताक्षर गर्न पनि नसक्ने अवस्थामा पुगेको बताए । हेमाले आफ्ना पूर्वपति छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेकी थिइन् । अब त्यो उजुरी कालीमाटी वृत्तमा पुग्नेछ ।

छविराज ओझाकी चौँथी पत्नी शिल्पा पोखरेलले बिहे गरेको एक महिनादेखि छविराज ओझाले आफूलाई कुट्ने तथा घरेलु हिंसा गरेको भन्दै गत असार २५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । उनले दिएको उजुरीका आधारमा प्रहरीले दुवै पक्षबीच मिलापत्र गराएको थियो ।

मिलेर गइसकेपछि शिल्पाले फेरि पारपाचुकेको प्रक्रिया अगाडि बढाएकी थिइन् । सोही प्रक्रिया चलिरहँदा यता ओझाकी पहिली पत्नीले बिहेको प्रमाण भेटिएको भन्दै छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गराउन लागेकी हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : ४९ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका