भियतनाममा पहिरो जाँदा ५ जनाको मृत्यु | Khabarhub Khabarhub

भियतनाममा पहिरो जाँदा ५ जनाको मृत्यु


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

हनोइ- उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा अरु चार जना बेपत्ता भएका छन् ।

भियतनामको उत्तरी पहाडी क्षेत्रमा पर्ने लाओ काइ प्रान्तमा १३ वटा घर भत्किएको, एक सय ५० हेक्टर कृषि उत्पादन र ६१ मत्स्यपालन केन्द्र नष्ट भएका प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सञ्चालन समितिले बिहीबार जनाएको छ ।

सोही प्रान्तको सापा नगरको पर्यटकीय स्थलमा ‘प्राकृतिक प्रकोप आपत्काल’ घोषणा गरिएको छ । लाओ काइ प्रान्तमा मात्र एक करोड अमेरिकी डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएकोछ । यसैगरी हागियाङ र येन बाई प्रान्तका नौ घर पुरिएका तथा ३० हेक्टर धान र सागसब्जी खेती डुबानमा परेका छन् ।

मौसम विज्ञान विभागले आगामी दिनमा अझै पानी पर्ने सम्भावना रहेको तथा बाढीपहिरोमा पर्न सकिने बताउँदै सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ । बाढीपहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरगा गर्न तथा जनताका सम्पत्तिको संरक्षण गर्न राष्ट्रिय सेनालाई निर्देशन दिइएको छ ।

भियतानामको तथ्याङ्क कार्यालयका अनुसार यस वर्षको पहिलो आठ महिनामा प्राकृतिक प्रकोपका कारण ७९ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।

यो अवधिमा आठ करोड २० लाख अमेरिकी डलरभन्दा बढीको भौतिक सम्पत्ति नाश भएको छ । अघिल्लो वर्षको तुलनामा यो आर्थिक नोक्सानी ६४.८ प्रतिशतले कम हो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ५ : २० बजे

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ

विश्वास गुमाउँदै ओली सरकार, प्रतिपक्षी बेञ्चमा बस्ने नाउपाको तयारी

काठमाडौं– संघीय संसद्का दुई ठूला दल मिलेर गठन भएको नेकपा

‘नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक अगाडि बढाऔँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार

सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनमा लगाइएको