नेम्वाङको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको छ : ओली « Khabarhub

नेम्वाङको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको छ : ओली


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ सफल राजनेताको रुपमा रहेको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बिभिन्न परिवर्तनकारी आन्दोलनदेखि संविधानसभाबाट संविधान जारी गर्ने र अहिले सबैलाई एकतावद्ध गर्न सक्ने सफल राजनेता सुवास नेम्वाङ भएको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका हुन् । सामाजिक सद्भाव राष्ट्रिय एकतामा नेम्वाङको सदैव जोड रहने गरेको उनले स्मरण गरे ।

उनले नेपालको संसदीय प्रणालीको कार्यान्वयनमा नेम्वाङको भूमिका कसैले लिन नसक्ने जिकिर गरे । नेम्वाङको निधनपछि सम्मानमा सरकारले कुनै कन्ज्युसाई नगरेको र यो सकारात्मक रहेको ओलीले बताएका छन् ।

संसदीय दलको बैठकले दलका उपनेता समेत रहनुभएका नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ६ : ०९ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको