किम र पुटिनबीच राइफल आदानप्रदान « Khabarhub

किम र पुटिनबीच राइफल आदानप्रदान


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भ्लादिभोस्तोक- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच रूसको सुदूरपूर्वी सहर भ्लादिभोस्तोकमा भएको उच्चस्तरीय शिखर वार्तापछि एकअर्कालाई राइफल उपहार दिएको रुसी प्रशासन क्रेमलिनले जनाएको छ ।

पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेका छन् । हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच पुटिनले किमसँग पनि भेट गरेका हुन् ।

“पुटिनले किमलाई हाम्रो उत्पादनमध्ये उच्च गुणस्तरको राइफल दिए” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने । बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहारस्वरूप प्राप्त गरेका छन् ।

पेस्कोभले भने, “पुटिनले किमलाई अन्तरिक्षयात्रीले प्रयोग गर्ने सुटको पञ्जा’ पनि दिएका छन् । यसलाई उत्तर कोरियाको अन्तरिक्ष यात्राको सफलताको शुभेच्छाका रूपमा अर्थ्याइएको छ ।” पेस्कोभले भने । पुटिनले ‘कृतज्ञतापूर्वक’ उत्तर कोरिया भ्रमणको निमन्त्रणालाई स्वीकार गरेको पनि जनाइएको छ ।

उनले किमको रूस भ्रमण अझै केही दिन लम्बिने बताएका छन् । उत्तर कोरियाली नेता किम मङ्गलबार रूस पुगेका हुन् ।

युक्रेनमा रूसको पूर्ण आक्रमणका कारण रूसपश्चिम र उसका केही परम्परागत साझेदारबाट अलग्गिएको अवस्थामा दुई नेताबीचको मैत्रीपूर्ण सम्बन्ध बनेको हो ।

अमेरिकी अधिकारी र विज्ञहरूले युक्रेनमा प्रयोग हुने गरी उत्तर कोरियाली गोलाबारुद खरिद गर्न रूस इच्छुक रहेको बताएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ७ : ०७ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको