बालअधिकारको संरक्षण र प्रवर्द्धनमा लाग्नुपर्नेमा उपराष्ट्रपतिको जोड | Khabarhub Khabarhub

बालअधिकारको संरक्षण र प्रवर्द्धनमा लाग्नुपर्नेमा उपराष्ट्रपतिको जोड


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा भएको व्यवस्थाअनुरूप बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकासका योजना अनिवार्यरूपमा तर्जुमा गरी लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले स्थानीय तहमा बाल क्लब तथा किशोर–किशोरी समूहका सिर्जनात्मक एवं व्यक्तित्व विकासका कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए । बालबालिकाका लागि प्राविधिक शिक्षा तथा सीपमूलक प्रशिक्षणको आयोजना गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले बालश्रम, बालगृहमा अनधिकृत सिफारिस, बाल हिंसा तथा दुर्व्यवहार गर्ने र बालविवाहलाई संरक्षण र समर्थन गर्नेजस्ता गलत कार्यहरू समाजबाट निषेध गर्नुपर्ने बताए।

सबै स्थानीय तहमा बालकोषको स्थापना गरी सरकारले तय गरेका कार्यहरू सामाजिकीकरण सेवा, जोखिममा परेका बालबालिकालाई आपतकालीन राहत सेवा, स्वास्थ्योपचार सहायता आदिमा जोड दिँदै उनले बालअधिकारको संरक्षण र प्रवर्द्धनमा सबै दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन्। 

‘बालअधिकारको संरक्षण र प्रवर्द्धनमा जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहेकाले उहाँहरूले यसका लागि बालमैत्री कार्यक्रमको सञ्चालन गर्न आवश्यक छ । बाल संरक्षण घटना व्यवस्थापन कार्यमा स्वास्थ्यकर्मीको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ’, उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन्  । बालबालिकाको उपचारका लागि आएका अभिभावक र बालबालिकालाई स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, बालबालिकालाई बालमैत्रीरूपमा उपचार र स्वास्थ्य परीक्षण आदिका लागि सहजीकरण गर्न स्वास्थ्यकर्मी सदैव अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

बाल अधिकारको संरक्षणमा शिक्षकको दायित्व, कर्तव्य र जिम्मेवारी पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले शिक्षकले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन आवश्यक पहल गर्ने, विद्यालयमा भय तथा हिंसारहित सिकाइका उपायहरू अवलम्बन गरी शिक्षण सिकाइ गर्ने, विद्यालयमा बाल सहभागिता प्रवर्द्धन, बालक्लब गठनलगायत विभिन्न सिर्जनात्मक क्रियाकलापमा बालबालिकाको सहभागिताका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिए।

आजका बालबालिका नै भविष्यका कर्णधार भएको जनाउँदै उहाँले बालबालिकालाई संविधानले व्यवस्था गरेको हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न अझ बढी सचेत हुनु जरुरी रहेको बताए । नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै राष्ट्रिय बाल दिवस मनाइँदै आइएको छ । सन् १९९० सेप्टेम्बर १४ मा नेपालले बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको हो । 

यस वर्ष बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ रहेको छ । 

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ९ : ३८ बजे

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।